काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार उपराष्ट्रपति यादवसँग राजदूत ड्रामडलले शिष्टाचार भेट गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायलगायतका विषयमा छलफल भएको थियो । उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वेबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्रपूर्ण रही आएको बताए ।
उपराष्ट्रपति यादवले विकास साझेदारको रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताएका थिए । राजदूत ड्रामडलले नेपाल र नर्वेबीच धेरैको कुरामा समानता रहेको उल्लेख गर्दै यहाँ जसरी नै नर्वेमा पनि तीन तहको सरकार रहेको बताइन् । उनले नर्वेले हाइड्रोपावर, विद्युत् प्रसारणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले नर्वेको निजी लगानीकर्ताहरूलाई नेपाल भित्र्याउने आफू प्रयासरत रहेको समेत बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
उपराष्ट्रपति यादव अस्पताल भर्ना
मलावीका उपराष्ट्रपति चढेको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको जिम्मेवारी