आइएमईको दशैंमा बिस लाख योजना सार्वजनिक

आइतबार, ०७ असोज २०७५, १५ : ५३
आइएमईको दशैंमा बिस लाख योजना सार्वजनिक

काठमाडौं : ईन्टरनेश्नल मनी एक्सप्रेस (आइएमई) ले दशैं, तिहार र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ ।

यो योजना यहि असोज ७ गतेदेखि मंसिर मसान्तसम्म लागु हुनेछ । योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने छन् ।
विगतका वर्षहरु जस्तै सेवाग्राहीहरूलाई लक्षित गरी यो योजना सार्वजनिक गरेको आईएमईले जनाएको छ ।

योजना अवधिभर गरिएको कारोबारलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत एक हजारको बिल भुक्तानी हुने आइमएईले जनाएको छ ।

त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई दश हजार र हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई बिस लाख रुपैयाँ प्रदान गरिनेछ ।

नेपालीहरुको चाडपर्वलाई मध्यनजर गर्दै आईएमईले यस्ता योजनाहरु ल्याउने गरेको छ ।   
‘लक्की ड्र’ बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ ।

कम्पनीले १ सय ८१ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस