होटेल भियनामा सीआईबीको छापा, तीन जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, ११ : ३४
होटेल भियनामा सीआईबीको छापा, तीन जना पक्राउ

काठमाडौं। सुन तस्करीमा जोडिएका दाबा लामाको लगानी रहेको होटल भियनाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ठमेलमा सञ्चालित होटलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार साँझ छापामारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले हुण्डी कारोबार गरेको प्रहरीको आशंका छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप छानबिन भइरहेको छ । ‘भियनामा हुण्डी कारोबार भइरहेको सूचना आएपछि हाम्रो टोलीले तीन जनालाई पक्राउ गरेको हो । थप बुझ्ने काम भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस