काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक अहिले केही बेरमा बस्ने भएको छ । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा समसामायीक विषयमा छलफल हुने बताइएको छ ।
यो पार्टी हलै विभाजित भएको छ । विभाजनको वैधताबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपा नेपालले आपत्ति जनाउँदै आएको छ ।
आयोगको निर्णय विरुद्धमा कानुनी उपचार खोज्ने यस पार्टीको तयारी छ । दल दर्ता सम्बन्धी कानुन निष्क्रिय भएको बेला निर्वाचन आयोगले राई नेतृत्वको पार्टी कसरी दर्ता गर्यो भन्दै यादव पक्षको जसपा त्यसका विरुद्धमा अदालत जाने भएको हो । यस विषयमा पनि आजको बैठकमा थप छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व