काठमाडौ । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको मृत्यु भएको छ । यस्तै दुई जनोका अवस्था गम्भीर घाइते भएको छ ।
आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए । घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनीहरुको उपचारका क्रममा किष्ट अस्पतालमा सोमबार राति ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । एकजनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।
प्रवक्ता सुवेदीका अनुसार घर मालिक ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा राखेर उपचार भइरहेको छ । अर्का घाइते नित गिरीको अवस्था सामान्य छ । गिरीलाई साधारण वार्डमा सारिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरको सुनाकोटी स्थित एक प्लाइ उद्योगमा आगलागी
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
श्रीनगर महोत्सवमा आगलागी, ८० स्टल जले
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
सिंहदरबारस्थित खानेपानी मान्त्रालयमा आगलागी
प्लास्टिक उद्योगमा आगलागी, ४ करोडभन्दा बढी क्षतिको अनुमान