कोरिया भाषा परीक्षाका लागि अब माग सङ्ख्याको तीन गुुणा सङ्ख्यामा मात्रै आवेदन

पत्रपत्रिकाबाट

शनिबार, २२ बैशाख २०८१, ०७ : ३०
कोरिया  भाषा  परीक्षाका  लागि अब माग  सङ्ख्याको  तीन  गुुणा  सङ्ख्यामा मात्रै आवेदन

काठमाडौ । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति  प्रणाली  (इपिएस)  मार्फत  कोरिया  भाषा  परीक्षाका  लागि  माग  सङ्ख्याको  तीन  गुुणा  सङ्ख्यामा मात्रै आवेदन लिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, मानव संसाधन विभाग (एचआरडी) कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि सो कुुरामा सहमति भएको हो ।

पछिल्लो   समयमा   इपिएसमार्फत   दक्षिण   कोरिया  जानेका  लागि  आवेदन  भर्नेको  सङ्ख्या  अत्यधिक भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको इपिएस शाखाले जनाएको छ ।गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस