काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीवार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई पर्यटन मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँका सचिव दिपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।
त्यसैगरी वन तथा वातावरण मन्त्रालयका सचिव दिपक खराललाइ कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी), पशुपन्छीका रेवती ‘लाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषि) र कृषि तर्फका सचिव गोविन्द प्रसाद शर्मालाई वनतिर पुर्याएको छ ।
लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (निर्णयसहित)