एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

सफल खबर संवाददाता

विहीबार, २० बैशाख २०८१, १४ : ३४
एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

काठमाडौं। जुम्ला– नेकपा (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । महत एक सय ९४ मतसहित विजयी भएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए । कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गरे ।

महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै थिए ।  उपाध्यक्षमा प्रेमबहादुर बुढाले एक सय ८७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी पदम बुढा एक सय ३८ मत प्राप्त गरेका छन् ।

सचिवमा मानबहादुर रोकाया एक सय ७९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी आदिप्रसाद न्यौपानेले एक सय ४१ मत प्राप्त गरेका छन् ।

उपसचिवमा धनबहादुर बुढाले एक सय ७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी धर्मेन्द्र रोकायाले एक सय ४१ प्राप्त गरेका छन् ।

महिला उपसचिवमा मेनका रेग्मीले एक सय ७४ मत प्राप्त गरी विजयी भए । सुशीला भट्टराईले एक सय आठ मत प्राप्त गरेको एमाले जुम्लाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस