काठमाडौं । जसपा जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न राष्ट्रभाषामा आसन्न राष्ट्रिय महाधिवेशनको प्रचार प्रसार गरिरहेको छ । सबैलाई पहिचान सबैलाई सम्मानका खातिर राष्ट्रभाषालाई प्रचार प्रसारमा प्रयोग गरिएको हो ।
पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभागले ब्यानर, पोष्टर, स्टिकरलगायतका सामग्रीहरु नेपाली, अङ्ग्रेजी, मैथिली, भोजपुरी, अवधी, मगर, लिम्बू, शेर्पा, नेपालभाषालगायतका राष्ट्रभाषामा तयार गरी प्रचार प्रसार गरिराखिएको छ ।
जसपाले एकताको प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिकाबमोजिम सार्वजनिक गरेको छ । जसअनुसार सङ्गठित पार्टी सदस्यको नामावली सार्वजनिक गरी आएका उजुरीउपर छानबिन गरी बैशाख २६ गते अन्तिम नामावली सार्वजनिक गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व