बझाङ । बझाङमा उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ।
सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार १६७ मतसहित अग्रता कायम राखेका छन्।
उनलाई नेकपा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८४ मतसहित पछ्याइरहेका छन । उनीहरुबीचको मतान्तर ८३ मात्रै छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा माअोवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ५३५ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३४७ मत ल्याएका छन्।
बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ शनिबार सम्पन्न मतदानको मतगणना जारी छ। यस क्षेत्रमा पर्ने जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ को मतगणना सकिएको छ।
आइतबार दिउँसोदेखि सुरु भएको मतगणनामा अहिले तलकोट गाउँपालिकाको मत गणना भइरहेको छ। यसपछि साइपाल गाउँपालिकाको मत गणना हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ बैशाख २०८१, १० : ५५
लेखकबाट थप