बझाङमा पनि मतगणना सुरु

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १४ : २२
बझाङमा पनि मतगणना सुरु

काठमाडौँ । बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

छविसपाथिभेरा गाउँपालिका-१ र २ बाट गणना थालिएको हो । शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

यहाँ प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।