एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्बाधिक ७१ रन बनाए भने ध्रुव जुरेलले ५२ रन बनाएका थिए । त्यसैगरी जोस बटलरले ३४ र यशस्वी जैसवालले २४ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउदै १९६ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले सर्बाधिक ७६ रन बनाए भने दिपक हुडडाले ५० रन बनाएका थिए ।
यो जितपछि राजस्थानको ९ खेलमा ८ जित र एक हारसहित १६ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी लखनउको भने ९ खेलमा ५ जित र ४ हारसहित १० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १६ बैशाख २०८१, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशी खेलाडीका लागि आइपिएलले बनायो कडा नियम
आइपिएल : राजस्थान आइपिएलको दोस्रो क्वालिफायरमा
आइपिएलको प्लेअफको समीकरण पुरा
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
आइपिएल : राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
आइपिएलमा आज राजस्थान र पञ्जावको भिडन्त