रौतहट । रौतहटबाट प्रहरीले गाँजासहित दम्पतिलाई पक्राउ गरेको छ।
कटहरिया नगरपालिकाबाट शनिबार साढे १० किलो गाँजासहित पतिपत्नीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पक्राउ पर्नेमा बाराको निजगढ–१ घर भएका ४२ वर्षीय अनन्त बराइली र उनकी श्रीमती ३५ वर्षीया मञ्जु बराइलीछन्।
कटहरिया–२ मा प्र.२–०३–००१ ह–३१५ नम्बरको अटोरिक्सा रोकेर जाँच गर्नेक्रममा चालक बस्ने सिट मुनी रातो रङको प्लास्टिकमा बेरिएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ ।
अटो अनन्तले चलाएका थिए। मञ्जु सोही रिक्सामा सवार थिइन्। सुराकीको आधारमा गाँजासहित दम्पतिलाई पक्राउ गरिएको प्रहरीको भनाई छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात सय २६ केजी गाँजा बरामद
धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद
गाजामा इजरायली सेनाको आक्रमण तीव्र
गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत
गाजामा युद्धविराम सम्झौताको मस्यौदालाई हमासले दियो मञ्जुरी
१ सय ११ किलोग्राम गाँजासहित एक जना पक्राउ