इलाम निर्वाचन : पौने २ बजेसम्म खस्यो ४२ प्रतिशत मत

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १३ : ५९
इलाम निर्वाचन : पौने २ बजेसम्म खस्यो ४२ प्रतिशत मत

काठमाडौँ। इलाम २ मा जारी मतदानमा पौने २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ ।पौने २ बजेसम्म ४२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुँयालले जानकारी दिए ।इलाममा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । अहिलेसम्म ४९ हजारभन्दा बढी मत खसिसकेको छ ।

मतदान शान्तिपूर्ण रूपमा भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।इलाममा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र छन् ।

इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस