वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट र मशालबीच एकता हुने

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, ०७ : ५८
वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट र मशालबीच एकता हुने

काठमाडौ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र सन्त बहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मशाल)बीच पार्टी एकता हुने भएको छ ।

वैशाख १९ गते दुई पार्टीको एकता हुने बिहीबार संयुक्त वक्तव्यमार्फत जानकारी गराइएको छ । 

संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस अवसरमा विश्वका र नेपालका शोषित उत्पीडित जनसमुदायमा खुसी व्यक्त गर्दै क्रान्तिकारी व्यक्तित्व, समूह र पार्टीलाई एकता प्रक्रियामा अबद्धता र योगदानका लागि विशेष अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस