झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

सफल खबर संवाददाता

विहीबार, १३ बैशाख २०८१, ०९ : ३९
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

झापा । कन्काइमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका छन्।

गएराति ८ बजे कन्काई नगरपालिका ३ सुरुंगामा रा १ प ६३०० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको बसले ठक्कर दिँदा झापाकै बिर्तामोड नगरपालिका-७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका खरेललाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज लगिएको थियो। अस्पताल पुर्‍याउँनासाथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

दुर्घटनामा परेको मोटरसाइकलको पछाडि बस्ने मेचीनगर नगरपालिका-१० का २९ वर्षीय प्रसन्न दनुवार घाइते भएका छन्। उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।