काठमाडौंका ४ वडाका ९२२ महिलाको क्यान्सर परीक्षण : २६ जनामा पोजेटिभ

सफल खबर संवाददाता

विहीबार, १३ बैशाख २०८१, ०९ : ०१
काठमाडौंका ४ वडाका ९२२ महिलाको क्यान्सर परीक्षण : २६ जनामा पोजेटिभ

काठमाडौं । काठमाडौं महानगरपालिकाका ४ वडा (३१, २५, २७ र ३)का महिला जनप्रतिनिधि र कर्मचारीगरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको छ । जसमध्ये (जनप्रतिनिधि, कर्मचारी, वडा नं. ३१, २५ र २७ गरी) ७७९ जनाको रिपोर्ट आइसकेको महानगरले जनाएको छ । 

रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिइन् । ७४७ (वडा नं. ३ को १२ गतेको प्राप्त हुन बाँकीबाहेक) जनामध्ये १७५ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको उनको भनाइ छ ।  

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका स्त्री तथा प्रसुति रोग विशेषज्ञ  डा. सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमूना निकाल्ने) गरिएको छ । 

बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्छ । आज रामघाटमा कल्पस्कोपी र वायोप्सीका लागि १२ जनालाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस