काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आ.व.मा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको अवस्थाका साथै मन्त्रालयबाट भए गरेका कामकारबाहीका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालबाट जानकारी लिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, ०८ : ५७
लेखकबाट थप