कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सफल खबर संवाददाता

बुधबार, १२ बैशाख २०८१, १४ : २७
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णालीका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले अझै पनि सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् । उनले आफ्नो दलबाट समेत एउटै मन्त्री नियुक्त गर्न सकिरहेका छैनन् ।बिहीबार उनले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस