प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, १२ बैशाख २०८१, ११ : ११
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिच वान टु वान भेटवार्ता भएको छ ।

बुधबार बिहान काठमाडौँको होटल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र थानीबिच वान टु वान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री र थानीको वान टु वान भेटवार्तापछि दुईपक्षीय वार्ता हुने र त्यसपछि विभिन्न सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस