सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन् । उनले विश्वासको मत लिनु अगाडी बुधबार सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् ।
गठबन्धन दल एमाले र माओवादीबीच मन्त्रालयको बाँडफाँडमा सहमति जुटेपछि मन्त्रीपरिषद् विस्तार गरेको भोलिपल्टै विश्वासको मत लिने सहमति भएको हो । चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकार गठन समेत गर्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ बैशाख २०८१, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको सरकार विस्तार, को को बने मन्त्री ?
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीमा माओवादी संसदीय दलको बैठक सुरु
कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा नदिने अडानमा कायम
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु