अन्तरदेशीय विद्युतीय भुक्तानीको सीमा नहुने

पत्रपत्रिकाबाट

आइतबार, ०९ बैशाख २०८१, ०७ : ३०
अन्तरदेशीय विद्युतीय भुक्तानीको सीमा नहुने

काठमाडौ । अन्तरदेशीय   विद्युतीय   भुक्तानीमार्फत   नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगरिने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगर्ने प्रस्ताव अगाडि सारेको छ ।

अन्तरदेशीय  भुक्तानी  कारोबारका  लागि  क्युआर प्रयोग गरी मोबाइल÷इन्टरनेट बैङ्किङ तथा अन्तरबैङ्क रिटेल पेमेन्टसम्बन्धी व्यवस्थाको मस्यौदामार्फत तयार गरी नेपाल भित्रिने भुक्तानीमा सीमा हटाउन लागिएको हो ।

नेपाल राष्ट्र बैङ्कले क्युआर कोडमार्फत हुने  अन्तरदेशीय  भुक्तानीका  लागि  क्युआर  कोडलगायतको    प्रयोग    गरी    मोबाइल    बैङ्किङ÷इन्टरनेट  बैङ्किङ  तथा  अन्तरबैङ्क  भुक्तानीमार्फत गरिने रिटेल पेमेन्टसम्बन्धी मस्यौदा तयार पारेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस