घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०७ बैशाख २०८१, १४ : १८
घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु

बाग्लुङ। बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो ।

बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते बनेका थिए ।घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।

समाजसेवीसमेत रहेका सुनारको मृत्युले खाडचौर गाउँ स्वतब्ध बनेको उनले बताए । मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन् ।