आइपीएल : नाटकीय खेलमा मुम्बईको जीत, पञ्जाब ९ रनले पराजित

एजेन्सी

शुक्रबार, ०७ बैशाख २०८१, ०७ : ५४
आइपीएल :  नाटकीय खेलमा मुम्बईको जीत, पञ्जाब ९ रनले पराजित

एजेन्सी । आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग पराजित भएको छ । इण्डियन प्रिमियर लिग (आइपीएल) मा गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्ससँग पञ्जाब ९ रनले पराजित भएको हो ।

जितको लागि १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा सबै गुमाउँदै १८३ रनमा समेटियो । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाए पनि त्यो जितको लागि प्रयाप्त हुन सकेन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपूर्ण रह्यो।

मात्र १४ रन जोड्दा पञ्जाबले पहिलो क्रमका ४ महत्वपूर्ण खेलाडी गुमाइसकेको थियो । पहिलो चार विकेट जसप्रित बुमराह र जेराल्ड कोएट्जेले चट्काएका थिए । 

सशांक सिंह पनि ४१ रनमा आउट भए । यतिखेर १११ रनको स्थितिमा पञ्जाबले ७ विकेट गुमाइसकेको थियो । तर, यो कठिन स्थितिमा आठौं क्रमका आशुतोष शर्माले अपत्यारिलो प्रदर्शन गरे । उनी १८औं ओभरको पहिलो बलमा आउट भए। 

मुम्बईको यो तेस्रो जीत हो । मुम्बई ६ अंकसहित सातौं स्थानमा छ । पछिल्लो ३ खेलमा लगातार हार बेहोरेको पञ्जाब ४ अंक सहित नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस