ताप्लेजुङ) । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादन आयोजनाको संख्या बढ्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा मात्रै १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार ६ सय ५४.५१ मेगावाट बिजुली उत्पादन हुनेछ ।
मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट ४ जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा बनिरहेका आयोजनाबाट एक सय ७८.४२ मेगावाट विद्युत् उत्पादन हुनेछ । काबेली खोलामा ४ वटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५.४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।
यसैगरी,पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ ।
सिदिङवा गाउँपालिका १, इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई लोभ्याउँदै ताप्लेजुङको तोक्पेगोला
पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने
बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो
ताप्लेजुङमा बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य
ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण शुरु
ताप्लेजुङमा पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते