उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका विदेश सचिव मोमेनबीच भेट

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, १९ : ०९
उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका विदेश सचिव मोमेनबीच भेट

काठमाडौँ । बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।

तेस्रो नेपाल-बंगलादेश परराष्ट्र सचिवस्तरीय संयुक्त परामर्श समितिको बैठक बस्न आएका सचिव मोमेनले सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

उक्त अवसरमा दुई पक्षीय व्यापार र वाणिज्यमा सहकार्य, कनेक्टिभिटी, ऊर्जा र विद्युत्, पर्यटन, संस्कृति र शिक्षाको विषयमा छलफल भएको बंगलादेशको विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस