काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । जेठ २८ देखि ३० गते हुने महाधिवेशनको तयारी थालिएको जसपा विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको कार्य तालिका सार्वजनिक गरेसँगै महाधिवेशनको तयारीलाई तीव्रता दिएको बताए । उनले भने, ‘सङ्गठन विभागले सातै प्रदेश समितिबाट प्राप्त सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख राख्ने काम गरिरहेको छ। पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले महाधिवेशनमा बोलाइने पाहुनालाई निम्तो दिने काम गरिरहेको छ ।’
महाधिवेशनस्थल जनकपुरधाममा हल, बासको प्रबन्ध मिलाउने लगायतका काम पनि भइरहेको बताए । महाधिवेशनको प्रचार प्रसारबारे छलफल गर्न प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैठक बुधवार दिउँसो २ बजे बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व