काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच शिष्टाचार भेट भएको छ । भेटमा श्रममन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे ।
‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौ । त्यसैले श्रमिकको सीप विकासमा तपाईहरुको सहयोगको अपेक्षा गर्छौ,’ मन्त्रीले भभने ।कतारले नेपाली श्रमिकलाई रोजगारीको अवसर दिएकोमा मन्त्री अर्यालले धन्यवाद दिए ।
‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रसंशनिय छ,’ उनले भने ।नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताए ।
कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको बताए । नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न कतार सधै तयार रहेको उनले स्पष्ट पारे ।‘नेपाली श्रमिकको सिप विकासका लािग के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौ,’ उनले भने ।
भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बिषयमा पनि छलफल भएको थियो ।
कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ छ । कतारले आप्रवासी श्रमिकको लागि पनि न्यूनतम पारिश्रमिक लागू गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने बाध्यता : श्रममन्त्री अर्याल
प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्छ : मन्त्री अर्याल