काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् ।मधेश प्रदेशमा पुगेका लामिछानेले जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरेका हुन् ।
उनले भने, ‘अधिकतम लचकता र सहनशीलता देखाउन भनेको छु । प्रदर्शन गर्दा ढुंगामुढा गर्ने जस्ता परिस्थिति सृजना भएपछि नियन्त्रणमा लिने क्रममा त्यस्तो मेजर घटना देखिएको छैन । यद्यपि सुरक्षित गर्नुपर्दा घटना भइ नै हाल्छ । त्यसलाई सुधार्न सकिन्छ ।’
गृहमन्त्री लामिछानेले प्रहरी समायोजनको ड्राफ्टमा काम भइरहेको पनि बताए । प्रहरी समायोजनको ड्राफ्टमा त्रुटि रहेको संकेत गर्दै उनले भने, ‘मैले गृह मन्त्रालय सम्हालेपछि प्रहरी समायोजनको ड्राफ्टमा बृहत् छलफल गर्यौँ । मैले स्पष्ट भन्नुपर्दा त्यसमा काम गर्नुपर्ने थुप्रै ठाउँहरू छन् ।’
गृहमन्त्री लामिछानेले मुख्यमन्त्रीहरूलाई समेत प्रहरी समायोजनमा गर्नुपर्ने कामहरूबारे बताएको भन्दै त्यसलाई निरन्तर रूपमा अगाडि बढाउने विषयमा छलफल चलिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह
एकैदिनमा देश बन्दैन, राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
काम गर्नेहरूलाई हावादारी गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह
विदेशमा काण्ड मच्चाएकाहरु ठूलो नेता बन्छु भनेर लागेका छन् : उपप्रधानमन्त्री सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह