सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, ११ : ४७
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

मङ्गलवार प्रतितोला १ लाख ३६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने १ लाख ३६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।त्यस्तै, तेजावी सुन मंगलवार प्रतितोला १ लाख ३५ हजार ६ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने एक लाख ३६ हजार १ सय ५० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर एक हजार  सात सय कायम भएको छ ।