काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।
बुधवार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले स्वास्थ्य अनुसन्धानले महत्त्वपूर्ण तथ्य प्रमाणका आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरूलाई मार्गदर्शन हुने बताए ।
उनले स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरू पहिचान गरी समयमै सम्भावित विकल्पहरू आङ्कलन गर्न सक्षम बनाउने बताए । उनले अनुसन्धानले दिगो विकास लक्ष्यको मूल सिद्धान्तअनुरूप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरूलाई सम्बोधन गर्दै समताको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताए ।
उनले भने, ‘स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुन्छ । स्वास्थ्य अनुसन्धानले महत्त्वपूर्ण तथ्य प्रमाणका आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरूलाई मार्गदर्शन गर्दछ ।
स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरू पहिचान गरी समयमै सम्भावित विकल्पहरू आङ्कलन गर्न सक्षम बनाउँछ । साथै अनुसन्धानले दिगो विकास लक्ष्यको मूल सिद्धान्तअनुरूप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरूलाई सम्बोधन गर्दै समताको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’
उनले स्वास्थ्य क्षेत्रको विकास बिना समृद्धि, समाजवाद र विकासको कल्पना गर्न नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव