चितवन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन । भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिले प्रवाह भएका सेवा कम भएको बताएका हुन । उनले भने, “जनताले अपेक्षा गरेको आवश्यकताअनुसार सबै पूरा गर्न नसकिरहेको अवस्था छ ।”
स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मवारी रहेको उनले बताए । जनताको आवश्यकता धेरै भएको भन्दै उनले ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको बताए ।
भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सवमा सहभागी हुन चितवन आएका मन्त्री यादवले अस्पतालका विभिन्न विभागको निरीक्षण अनुगमनसमेत गरेका थिए । अनुगमनका क्रममा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले अस्पतालबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २५ चैत्र २०८०, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपेन्द्र यादवको रिटमा आज पेशी
उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाको इजलासमा
प्रधानमन्त्रीको विश्वासको मत रोक्न सर्वोच्च पुगे उपेन्द्र यादव
पार्टी विभाजनविरुद्ध सर्वोच्च गए उपेन्द्र यादव (पूर्णपाठसहित)
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र दीपक कार्कीले दिए राजीनामा
सरकारमा बसिरहने कि छाड्ने भन्नेमा जसपा अध्यक्ष उपेन्द्र यादव अन्यौलमा !