काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ ।आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।
बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न आज केन्द्रीय कार्यालयमा बैठक बस्न लागिएको कार्यालयका सचिव डा अधिकारी जानकारी दिए । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।
परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीको दुई दलीय संयन्त्रले सरकारका मन्त्रीसँग बृहद् छलफल गर्ने