एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो ।
कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो ।
त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २७२ रन बनाएको थियो ।
यो आइपिएल इतिहासमा एक इनिंगमा बनेको दोस्रो ठुलो टोटल हो । यसअघि यसै आइपिएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो ।
यो जितपछि कोलकोताले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित केवल २ अङ्क रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ चैत्र २०८०, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशी खेलाडीका लागि आइपिएलले बनायो कडा नियम
आइपिएल : राजस्थान आइपिएलको दोस्रो क्वालिफायरमा
आइपिएलको प्लेअफको समीकरण पुरा
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
आइपिएल : राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
आइपिएलमा आज राजस्थान र पञ्जावको भिडन्त