काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली काँग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्चाएको आरोप लगाएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काँग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि काँग्रेसले त्यो गर्न नदिएर संसदमा अराजकता मच्चाएको बताएका हुन् ।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले काँग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न पनि सचेत गराए । प्रमुख सचेतक बर्तौलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनी काँग्रेसलाई प्रश्न समेत गरे ।
प्रमुख सचेतक बर्तौलाले संसदीय मूल्य र मान्यतालाई क्षतविक्षत गराउने काम काँग्रेसले गर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सिडिओ परिवर्तन (सूचीसहित)
स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्नू : गृह मन्त्रालय
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान