हाइड्रोलिक्समा समस्या देखिएपछि दोहा उडेको नेवानिको जहाज काठमाडौं फर्काइयो

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १२ : १८
हाइड्रोलिक्समा समस्या देखिएपछि दोहा उडेको नेवानिको जहाज काठमाडौं फर्काइयो

काठमाडौं। कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको नाइनएन–एएलवाई कलसाइन जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँ नै फिर्ता गरेर अवतरण गराइएको छ ।निगमका प्रवक्ता देवेन्द्र पुनले कतार उडेको वाइडबडी ए-३३० को हाइड्रोलिक्समा समस्या भएर शुक्रवार बिहान ३ बजे काठमाडौं फिर्ता गरिएको जानकारी दिए ।

'दोहा उड्दै गरेको जहाजको हाइड्रोलिक्समा समस्या देखिएपछि केही मिनेटमै काठमाडौं फिर्ता गरेर नर्मल अवतरण गराइएको हो', उनले भने, 'जहाज अहिले ठीक भइसकेको छ । नियमित उडान अन्तर्गत दिल्ली उड्ने तयारीमा छ ।'यात्रुलाई भने उत्तिखेरै तयारी अवस्थामा रहेको अर्को जहाजमा दोहा पठाइएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस