ई–७ भिसामा नेपाली श्रमिक दक्षिण कोरिया पठाउनेबारे छलफल

पत्रपत्रिकाबाट

विहीबार, १५ चैत्र २०८०, ०८ : ५१
ई–७ भिसामा नेपाली श्रमिक दक्षिण  कोरिया  पठाउनेबारे छलफल

काठमाडौ । दक्षिण कोरियाली पक्षबाट ई–७ भिसामा नेपाली श्रमिक दक्षिण  कोरिया  पठाउने  सम्बन्धमा  श्रम,  रोजगार  मन्त्रालय  भएका निर्णय र सञ्चारमाध्यममा आएका विषयप्रति चासो व्यक्त भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री डोलप्रसाद अर्यालसँगको भेटमा दक्षिण कोरिया राजदूत पार्क टाई योङ्गले यस्तो चासो व्यक्त भएको हो ।

श्रममन्त्री अर्यालले ई–७ भिसाको विषयमा अध्ययन तथा छलफल गरिरहेको एवं आफ्नो प्राथमिकता नेपाली श्रमिकको अधिक हित र सुरक्षा रहेको बताउँदै इपिएस प्रणाली र ई–७ भिसा प्रणालीलाई आबद्ध गरी नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने विषयमा राजदूतसँग जिज्ञासा राखेका छन् ।

राजदूत पार्कले रोजगार अनुुमति प्रणाली इपिएस (ई–९ प्रणाली) र ई–७ भिसा प्रणाली फरक भएको यी दुुई प्रणालीलाई आबद्ध गराउन समय लाग्ने हुँदा जुनसुकै प्रणालीबाट आफ्नो देशमा  श्रमिक  पठाउँदा  नेपाली  श्रमिकलाई  अनावश्यक  आर्थिक भार नपरोस् भन्नेतर्फ आफू र आफ्नो देश सचेत रहेको स्पष्ट गरेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस