काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले सहकारी अनियमितमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टिभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए ।
जवाफ दिने क्रममा आइजिपी कुँवरले भने, ‘मैले ठाडो उजुरीको रूपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन ।’
उनले भने, ‘अहिले सांकेतिक रूपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी महानिरीक्षक र इन्डोनेसियन प्रहरीका डिभिजन प्रमुखबीच भेटवार्ता