माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते

सफल खबर संवाददाता

मंगलबार, १३ चैत्र २०८०, १५ : २६
माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते

चितवन। चितवनमा माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा साइकल चालक गम्भीर घाइते भएका छन् ।भरतपुर महानगरपालिका–२३ जगतपुर चोक स्थित बेनीबाट माडी तर्फ जाँदै गरेको ग १ ख ६७३३ नं.को बसले आज दिउँसो बाटो क्रस गर्दे गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते जगतपुर बस्ने ४८ वर्षीय सूर्य गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । दुबै सवारीसाधन र बस चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।