काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ । महोत्तरी, लोहारपट्टी नगरपालिका-७ भम्ररापुरस्थित सडकमा ज.११ प ५७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री लोहारपट्टी नगरपालिका-७ भम्ररापुर बस्ने ४५ वर्षीया निर्मला देवी साहको सोमबार बेलुकी मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता धनुषाको मिथिला नगरपालिका-२ विश्वकर्मा चोकस्थित सडकमा प्र.२-०२-००१ च ०७१२ नम्बरको एम्बुलेन्सले ज.११ प १९९ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-३ हरिहरपुर बस्ने २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि न्यूरो अस्पताल जनकपुरमा पठाइएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।धनुषाकै लक्ष्मिनिया गाउँपालिका-६ स्थित सडकमा प्र.२-०२-००४ प ६९४७ नम्बरको मोटरसाइकललाई डीएल १२ सी ०९४४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी लोहरपट्टी नगरपालिका-४ बस्ने २५ वर्षीय रामबाबु साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेन्ट्रल अस्पताल लक्ष्मिनियामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ ढलानस्थित सडकमा ना.७ ख ९१८७ नम्बरको मिनी ट्रक र लु.१ ख ८२६६ नम्बरको चक्के ट्रक एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मिनी ट्रक चालक धादिङ गल्छी गाउँपालिका-१ बस्ने ३४ वर्षीय ज्ञान कुमार राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचारको क्रममा मृत्यु भएको हो । चक्के ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित सडकमा सिमराबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प ७५०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक नुवाकोट घर भएका ३२ वर्षीय लक्ष्मण तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा हस्पिटल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।
दैलेखको आठबिस नगरपालिका-२ साईखोलास्थित सडकमा भे.२ त ४८६ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा चालक अछाम तुर्माखाद गाउँपालिका-६ टुल्टा बस्ने २५ वर्षीय हिमाल माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सर्लाहीको हरिवन नगरपालिका-९ स्थित सडकमा रोकी राखेको ग.१ ख ८६०९ नम्बरको बसमा बा.३८प ४२८५ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि वीरगंजतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौंसहित विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु