भक्तपुर । सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई बाटो इजाजत अब सेवाग्राहीले घरमा बसीबसी टिएमाईएस बागमती एप डाउनलोड गरी मोबाइलको सहायताले सेवा लिन सकिने छ ।
बाटो इजाजत पत्र लिनलाई सेवाग्राहीले घन्टौँ कार्यालयमा बसेर समय खर्च गर्न नपर्ने श्रम रोजगार तथा यातायात मन्त्रालयका प्राविधिक इन्जिनियर सुदिप फुयाँलले जानकारी दिए ।
यो प्रणाली हाललाई बागमती प्रदेशमा मात्र लागू भएको छ । अरू प्रदेशमा लागू गरेको खण्डमा सेवाग्राहीले राहत पाउनेतर्फ ट्राफिक कार्यालयका प्रमुख पोष राज पोख्रेलले ध्यानाकर्षण गराए ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्षमण लम्साल भने -'हामीलाई अपर्झट सार्वजनिक साधन लिएर कतै जानू पर्ने अवस्था सृजना हुन सक्छ यस्तो अवस्थामा हामी अब आफ्नो मोबाइलबाट अस्थायी पास (पटके) लिएर आफ्नो भाडाकाे साधन लिएर जान सक्छौ । केन्द्रीय सरकारसँग चार महिनाको अथक प्रयास पछि हामी यो प्रविधि भित्र्याउन सफल भएका छौँ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १२ : ५३
लेखकबाट थप