काठमाडौ । ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा गएराति ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार राति अन्दाजी ११ बजे ढालाहिटीस्थित सडकमै ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए।
‘घटनामा करिब २८ वर्षाीय रोवश राई र करिव २९ वर्षीय पुजन राईको मृत्यु भएको हो,’ एसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा हामीले १८ जनालाई नियन्त्रणमा लिएका छौँ।’
मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ। रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।
‘हामीलाई राति ११ बजे खबर आएपछि हाम्रो टोली घटनास्थलमा पुगेको हो,’ एसपी सुवेदीले भने, ‘त्यतिन्जेलसम्म अस्पताल पुर्याइएका दुबै युवाको मृत्यु भइसकेको थियो।’
पाँचथर घर भएका पुजन ललितपुरको खुमलटारमा बस्थे। सुनसरीकाे धरान घर भएका रोवश ढोलाहिटीमै डेरामा बस्ने गरेकाे प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ चैत्र २०८०, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मणिपुरमा भारतीय प्रहरीमाथि कुकी समूहको आक्रमण, २ जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुई जनाको मृत्यु
मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु
चितवनमा आफै चढेको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु