दाङ । दाङ देउखुरीको राजपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन् । पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बाल्दै प्रदर्शनमा उत्रिएका हुन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ८ जहरेचोकमा स्थानीयको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् ।राजमार्ग खुलाउने प्रयासमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।
शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा निवासी २४ वर्षीय प्रमोद यादव र २४ वर्षकै प्रदिप यादवको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा बस र ट्रक ठोक्किँदा १९ जना घाइते
दाङमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार
दाङको धारापानीमा पर्यटक चहलपहल
बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै दाङमा राजमार्ग अवरुद्ध
दाङको घोराहीदेखि रुकुमको हुकाम जोड्ने शहीद मार्गको काम छिटो सक्न प्रचण्डको ध्यानाकर्षण