काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले उद्योगमन्त्री भण्डारीसँग भेट्दै निर्यात गृहको अवधारणा अविलम्ब लागु गर्न आग्रह गरेको हो ।‘स्थानीय उत्पादनहरूको एकीकृत प्रवर्द्धन, बजारीकरण एवम् गुणस्तर मापन पछि एकद्वार प्रणाली मार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आवश्यक छ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चेम्बरले रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई सुझाव दिएको छ । रेमिट्यान्सको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताएको हो ।
अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै चेम्बरले संसदमा विचाराधीन आर्थिक विधेयकहरूलाई तत्काल पारित गर्न भूमिका खेल्न समेत आग्रह गरेको छ ।सरकारले वैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐन नियमहरू बाधक रहेकाले समयमै समस्या हल गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरवार पुगे काँग्रेसका सातै प्रदेश सभापति