टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, १४ : १३
टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ

काठमाडौँ । पर्यटक प्रहरी र टुरिस्ट गाइड एसोसिएसनले टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरेका छन् ।पछिल्ला दिनमा काठमाडौँको सम्पदा क्षेत्रमा टुरिस्ट गाइडहरूको लाइसेन्स चेकिङमा कडाइ गरिएको टुर्गानले जनाएको छ ।

यसअघि संघले सबै टुरिस्ट गाइडलाई लाइसेन्स नवीकरण गर्न आग्रह गरेको थियो ।एसोसिएसनले आफ्नो लाइसेन्स प्रष्ट देखिने गरी भिरेर मात्र पर्यटकलाई घुमाउन समेत गाइडहरूलाई आग्रह गरेको छ ।

सबै ट्राभल र ट्रेकिङ कम्पनीलाई लाइसेन्स प्राप्त वैधानिक टुर गाइडलाई मात्र लिएर नेपाल भ्रमणमा आएका पर्यटक घुमाउन समेत संघले आग्रह गरेको छ ।लाइसेन्स लिएका गाइड बेरोजगार हुने र गैरगाइडले यस्तो काम गर्ने प्रचलन रहेको भन्दै पछिल्लो समय टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरिएको हो ।

पर्यटक प्रहरी र संघले बौद्ध, बसन्तपुर, पशुपतिनाथ क्षेत्रमा चेकिङ गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस