काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् बन्द गरेर सभामुख विदेश भ्रमणमा जानु नाजायज कार्य भएको आरोप लगाएका छन् ।
शुक्रबार बिहान सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले संसद्को कार्यसूचीसमेत थन्काएर सभामुख विदेश भ्रमणमा जानु गलत काम भएको बताएका हुन् ।
‘सभामुख विदेश भ्रमणमा जानुपर्ने भए उपसभामुखलाई जिम्मा दिएर जानुपर्दथ्यो तर संसद्को कार्यसूची नै थन्काएर विदेश भ्रमणमा जानु नाजायज कार्य हो,’ उनले भने ।आफूहरूले देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउनेसमेत उनले दाबी गरे । ‘देश चलाउने मौका हामीले पाए भ्रष्टाचारीमाथि डोजर चलाउँथ्यौँ,’ उनले भने,‘जनतामा राजनीति र नेतृत्वप्रति वितृष्णा छ ।’ सार्वजनिक पद धारण गरेका व्यक्तिलाई अभियोग लागेपछि त्यसको सफाइ दिनुपर्ने भन्दै अध्यक्ष लिङ्देनले गृहमन्त्री रवि लामिक्षानेप्रति लक्षित गर्दे भने,‘म भएको भए पद छोडिसिक्थेँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस् : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनले हिरासतमा पुगेर भेटे मिश्र र राणालाई
राजेन्द्र लिङ्देनलाई उचालेर कमल थापाको चलाखी !
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : राजेन्द्र लिङ्देन
देशले अब यही परिस्थिति थेग्न सक्दैन : राजेन्द्र लिङ्देन
म गणतन्त्रको विरोध गरिरहन्छु : राजेन्द्र लिङ्देन