काठमाडौँ । उर्जामन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन् । उनले यो व्यवस्था आएपछि नै ऊर्जा क्षेत्रमा तुलनात्मक रूपमा बढी विकास भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र पाँच सय मेगावाट विद्युत् उत्पादन हुने दाबी गरे ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उर्जामन्त्री बस्नेतले देश खत्तम भयो, विकास नै भएन र नेपालमा केही पनि सम्भावना छैन भन्ने युवा मानसिकतालाई चिर्नुपर्ने बताए । व्यवस्था परिवर्तनसँगै गणतन्त्र स्थापना पछि सकारात्मक परिवर्तनहरू भइरहेको बताएका उनले ऊर्जा क्षेत्रमा पछिल्लो समय राम्रो प्रगति भएको उल्लेख गरे ।
१९६८ सालदेखि २०४६ सालसम्म २५० मेगावाट,२०४७ देखि २०६३ सम्म ५०० मेगावाट जलविद्युत उत्पादन भएकोमा ०६४ देखि हालसम्म २९ सय मेगावाट विद्युत् उत्पादन गरेको र नेपालमा सकारात्मक रूपमा विकास भइरहेको भन्दै उनले आगामी ४ महिनामा थप ५ देखि ६ सय मेगावाट ऊर्जा उत्पादन हुने दाबी गरे ।
बस्नेतले भने, ‘अहिले २९ सय मेगावाट विद्युत् उत्पादन भएको छ । अबको तीन देखि चार महिना भित्रमा हामी अर्को ३४ देखि ३५ सय मेगावाट विद्युत् पुर्याउँदै छौं । त्यसमा ८ सय मेगावाट घटाउने हो भने पनि गणतन्त्र स्थापना पछि मात्रै देशमा २८ सय विद्युत् उत्पादन भैसकेको छ ।’
नेपालमा ऊर्जा विकासको तत्थांकलाई हेर्दा अहिले सबैभन्दा धेरै ऊर्जा उत्पादन भएको धारणा राखेका मन्त्री बस्नेतले उल्लेखित ऊर्जा उत्पादनको तथ्यले पनि देश बर्बादितिर भन्दा निर्माणतिर गइरहेको बताए । उनले आगामी १२ वर्षमा २८ हजार विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुने जिकिर गरे ।
‘हामी २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेर अगाडि बढेका छौं आगामी १२ वर्ष भित्रमा त्यो लक्ष्य हाँसिल हुन्छ ’ मन्त्री बस्नेतले भने । प्रत्येक १ हजार मेगावाट विद्युत् देशमा उत्पादन हुँदा त्यहाँ ३० हजार नागरिकलाई रोजगारी सिर्जना हुने भनाई उनको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोटका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न माग
ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ : शक्तिबहादुर बस्नेत
जलवायु परिवर्तनको प्रभाव रोक्न ‘ग्रिन हाइड्रोजन’ मा लगानी बढाउनुपर्छ : ऊर्जामन्त्री बस्नेत
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
लोडसेडिङ हुन लागेको हल्ला मात्रै हो : ऊर्जामन्त्री बस्नेत
योजना छनोट गर्दा दोहोरोपना नहुने गरी तयारी गर्न निर्देशन