काठमाडौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई आज (शुक्रबार) अदालत लाने तयारी छ।
महरालाई थप हिरासतमा राख्ने अनुमति लिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आज जिल्ला अदालत काठमाडौँ लाने तयारी गरेको हो।
गत सोमबार पहिलो दिन अदालतबाट लिएको ४ दिनको म्याद बिहीबार सकिएकाले सीआईबीले थप अनुसन्धानका लागि भन्दै महराविरुद्ध म्याद थप्ने तयारी गरेको हो। तर पूर्वसभामुख महरालाई अदालतको आदेशमा बिरामी भन्दै पहिलो दिनदेखि नै नर्भिक अस्पतालमा राखिएको छ।
यसबीच सीआईबीले बुधबार र बिहीबार गरी दुईपटक महरासँग बयान लिइसकेको छ। सरकारी वकिलको कार्यालयमा बयान दिँदै महराले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन्।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको पनि नाम जोडिएको छ। सो प्रकरणमा महरालाई यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइजिपीको स्पष्टीकरण - अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गरियो
महराको बयान आज पनि जारी रहने, म्याद थपका लागि अदालत लगिँदै
पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना
पूर्वसभामुख महरालाई चार दिन हिरासतमा राख्न अनुमति
कृष्णबहादुर महरालाई सीआईबी पुर्याइयो
पूर्वसभामुख महरालाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन