मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो ।
गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो । इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ ।
गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उनले बताए। गाउँपालिकाले सातै वडामा ६० क्वीन्टल मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए ।
इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो । गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा एक हजार पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केरा खेती मासेर व्यावसायिक मकै खेती
जाजरकोटमा हावाहुरीले घोगा लाग्न थालेका मकैमा क्षति, किसान चिन्तित
मकैको चनाचटपटे बेचेर आत्मनिर्भर बन्दै
विगत ३५ वर्षदेखि मकै बेचेर जीविकोपार्जन
मकैमा फौजी कीरा र फलफूलमा औँसाको सङ्क्रमण
मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित