काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्सालले नेपाल र इन्डोनेसियामा विविधतामा एकता रहेको बताएकी छन् । उनले दुवै मुलुकमा बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक लगायत विषय समान रहेको उल्लेख गर्दै त्यसले लोकतन्त्रलाई थप बलियो बनाउँदै लगिरहेको बताएकी हुन् ।
इन्डोनेसिया र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको आयोजनामा भएको ‘समावेशी समाजमा लोकतन्त्रसम्बन्धी संवाद’ कार्यक्रममा बुधबार सम्बोधन गर्दै परराष्ट्र सचिव लम्सालले नेपाल र इन्डोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुअघिदेखि नै सम्बन्ध रहिआएको पनि बताइन् ।
नेपाल र इन्डोनेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका गैर आवासीय राजदूत हेरु एच. सुबोलोले नेपाल र इन्डोनेसिया बीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे । उनले लोकतन्त्रको क्षेत्रमा इन्डोनेसिया र नेपालले गरिरहेको कामको प्रशंसा पनि गरे । उनले इन्डोनेसियाले ‘समावेशी समाजमा लोकतन्त्रसम्बन्धी संवाद’ कार्यक्रम हरेक वर्ष गर्दै आइरहेको पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट
विभिन्न देशका प्रतिनिधिसँग परराष्ट्र सचिव लम्सालको भेट